मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार भुपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार, तीव्र गतिमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शाहीको मृत्यु भएको हो । यस्तै, सोही दुर्घटनामा परेर ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् । उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनीहरु ईलाका प्रहरी कार्यालय मातहतको राँझा बिटमा कार्यरत थिए ।
ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
