एमालेका सांसद बानियाँ निलम्बित
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराएका हुन् ।
सांसद बानियाँले नेपालगञ्जको एक होटलमा जबरजस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा सांसद बानियाँलाई बाँके प्रहरीले पक्राउ गरेको थियो । हाल उनी हिरासतमा रहेका छन् ।
