माओवादीको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबारको लागि बोलाइएको नेकपा माओवादी केन्द्रको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
माओवादी केन्द्रीय कार्यालयका अनुसार, आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । भोलि बस्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयनबारे छलफल हुने नेताहरुले बताएका छन् ।
