प्रगतिशील शिक्षक संगठन मकवानपुरको अध्यक्षमा रूम्बा

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार ०८:३४

मकवानपुर । प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठन मकवानपुरको अध्यक्षमा कुमार रुम्बा चयन भएका छन् । संगठनको शनिबार भएको प्रथम जिल्ला भेलाले रूम्बाको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितीको उपाध्यक्षमा बद्री गौतम, महिला उपाध्यक्षमा प्रमिता सिग्देल, सचिवमा मुकेश मश्र, कोषाध्यक्षमा स्याम बस्नेत चयन भएका छन् । यस्तै, सदस्यहरूमा क्रमशः टेकराज सापकोटा, सीता धिताल, सम्झना लामा बल, रोजिना पौडेल, रोजन घिमिरे, अभिषेक दहाल, सम्झना रसाईली, दिपेस्वर गौतम, जमुना लामा, कान्छाराम लामा, पासाङ लामा, सरोज तामाङ, सरू रूम्बा, लक्ष्मी तिमल्सिना, सञ्जय राना, सृजना राई, ताराकुमारी आचार्य, जयन्ती कुँवर, सम्झना लामा, प्रेम कुशमी, गौतम थापा , सुर्दशन पुडासैनी, सनित्रा चेपाङ, कुमार घिसिङ, रमा पुडासैनी, विष्णु वाईवा, मन्जली लामा रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश सदस्य यादव गजुरेल, मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दहाल, सचिवालय सदस्य खड्ग पुलामी, प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष टोमप्रसाद काफ्ले, केन्द्रीय उपाध्यक्ष महेश्वर पाण्डे, केन्द्रीय सचिव पुरूषोत्तम आचार्य, केन्द्रीय सदस्य मनबहादुर स्याङ्तान, केशर लामा, हरिप्रसाद पाठक, बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना, प्रदेश सदस्य गिता सन्जेल, पेसागत महासंघ मकवानपुरका उपाध्यक्ष मधुसूदन अधिकारी, अखिल नेपाल शिक्षक संगठनका मकवानपुर अध्यक्ष गोकुल लम्साल, जिल्ला सदस्य यादव अधिकारी लगायतको उपस्थिति थियो ।