लाफा मगर गुठीको दोश्रो साधारण सभा सम्पन्न
मकवानपुर । लाफा मगर गुठी हेटौंडा वडा नं ९ को दोश्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभा गुठीका अध्यक्ष अशोक सारु मगरको सभाध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय सल्लाहकार विश्व आले मगरको प्रमुख आतिथ्यतामा भएको हो ।
गुठीले मगर परम्परा, रीतिरिवाज मगर भाषा, भेषभुषा संरक्षण र प्रवद्र्दन गर्नमा गुठीले सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । साधारण सभामा विशिष्ट अतिथि हेटौंडा वडा नं ९ का अध्यक्ष लक्ष्मण भण्डारी, नेपाल मगर संघ जिल्ला सचिव सन्देश तुम्सिङ्ग मगर, हेटौंडा नगर समितिका अध्यक्ष भरत ठाडा मगर, हेटौंडा गुठीका अध्यक्ष गुणबहादुर थापा मगर, नेपाल मगर बौद्ध सेवा समाजका कोषाध्यक्ष इन्द्रबहादुर आले मगर, मगर विधार्थी संघका अध्यक्ष शिव पुलामी मगर, मगर युवा संघका उपेन्द्र राना मगर, मगर सांस्कृतिक संघका अध्यक्ष भुपेन्द्र राना मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाबाट मिनबहादुर थापा मगर अध्यक्ष, अनुज पुन उपाध्यक्ष, सचिव निरोज बुर्जा मगर, कोषाध्यक्ष भगवान राना मगर, सदस्यहरु क्रमशः लक्ष्मी पुन मगर, अम्बरबहादुर थापा मगर, खड्गबहादुर आले मगर, मिना थापा मगर, विन्दीया थापा मगर रहेको ९ सदस्यीय कार्यसमिति पनि सर्वसममत रुपमा चयन गरेको छ । कार्यक्रममा ७० बर्ष माथिका यस गुठीका ज्येष्ठ सदस्यहरुलाई पोषिलो खानेकुरा प्रदान गरी सम्मान समेत गरेको थियो ।
