करेन्ट लागेर वडा सदस्यको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २०, शुक्रबार ०८:४४
file-photo

तनहुँ । तनहुँमा आज (शुक्रबार) करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको व्यास नगरपालिका–१ का वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट व्यास नगरपालिका–१ का वडा सदस्य निर्वात भएका थिए ।