हेटौंडा बक्सिङ क्लबको अधयक्षमा न्यौपाने
मकवानपुर । हेटौंडा बक्सिङ क्लबको अध्यक्षमा जगदिश न्यौपाने चयन भएका छन् । क्लबको बुधबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने चयन भएका हुन् ।
यस्तै, क्लबका उपाध्यक्षमा ज्ञानदास खतिवडा, सचिवमा प्रितम रानामगर, सहसचिवमा आधुनिक तिमल्सिना र कोषाध्यक्षमा भुपेन्द्र विष्ट र कोचमा अजित गुरुङ चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः सुरेन्द्र दुलाल, सरोज शर्मा, मनोज दंगाल, गोविन्द नेगी, महेश्वर सापकोटा, कैलास दंगाल, अनिता थापा, सुस्मा गुरुङ चयन भएका छन् ।
