बुधबार ६४ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १५:४८

काठमाडौं । आज साताको शेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ६४ अंकले घटेको छ । आज नेप्से ६३ दशमलव ९८ अंकले घट्दा २५४६ दशमलव ६० को विन्दुमा कायम भएको छ । यसअघि मंगलबार नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको थियो ।

यस्तै आज २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसअघि मंगलबार नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । आज होटल एण्ड टुरिजमको उपसूचक सबैभन्दा धेरै घटेको छ ।