नारायणकाजी श्रेष्ठ भेट्न हात्तीवन पुगे विप्लव

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १०:२३
file-photo

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन पुगेका छन् । विप्लव श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको निवास पुगेका हुन् ।

एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् ।

एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् ।