कांग्रेस मकवानपुर अधिवेशन: पदाधिकारीको पनि मतगणना सुरु

तु खबर संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार १५:५१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न निर्वाचनको पदाधिकारीहरुको मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीका अनुसार पदाधिकारीहरुको मतगणना सुरु भएको र आजै साँझ सम्ममा नजिता सार्वजनिक भइसक्ने छ । साँझसम्ममा पदाधिकारीहरुको मतगणना गरिसकेपछि मात्रै अन्य सदस्य पदको मतगणना सुरु हुने जनाइएको छ ।

निर्वाचन समितिले सोमबार राति नै सभापति पदको मतगणना सम्पन्न गरेको थियो । तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बुद्ध लामालाई सभापति मान्न निकटतम प्रतिस्पर्धी आनन्दराम पराजुली सहमत भएपछि सभापतिको दोस्रो चरणको निर्वाचन गर्न नपरेको हो । पदाधिकारीमा पनि ३ समूहका छुट्टाछुट्टै उम्मेदवार थिए । कांग्रेसको विधानमा २ उपसभापति, २ सचिव र २ सह–सचिव निर्वाचित हुने प्रावधान छ । सभापतिको मत परिणाम हेर्दा पदाधिकारीमा पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।