दुर्घटनामा परेर न्यौपानेको मृत्यु
पाल्पा । पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका–१का १७ वर्षीय सन्दीप न्यौपाने रहेका छन् । दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल पछाडि बस्ने रामपुर नगरपालिका–१० का २५ वर्षीय उमाकान्त चापागाईँ घाइते भएका छन् । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
