सत्ता गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार १५:४५
file-photo

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

यससँगै पाँच दलीय सत्ता विभाजित भएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि घोर विरोध भत्सर्ना गरेका छन् । केसीले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पुर्याउने जिकिर गरे ।

उक्त बैठकले एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९ गतेदेखि २२ गतेसम्म देशव्यापी रुपमा जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरु गर्ने निर्णय गरेको छ । जनमोर्चाले एमसीसीको निरन्तर विरोध गर्दै आएको छ भने संसदमा विपक्षमा मतदान गरेको थियो ।