बनेपाको पुल बजारमा शंकास्पद वस्तु फेला

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार ०९:५०

काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । आज बिहान नो एमसीसी खतरा लेखिएको वस्तु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त स्थानमा हाल सवारी आवतजावतमा रोक लगाइएको छ ।

आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।