काठमाडौंबाट ६ जना बन्दकर्ता पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार ०८:३५
सांकेतिक तस्बिर

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुई वटा मोर्चाले आज देशभर बन्दको आह्वान गरेको छ ।

बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।