मकवानपुर १ को (ख) मा अशोक र डोरमणिको मतान्तर बढ्यो (सबै पार्टीको मतपरिणाम सहित)

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १७:५४

मकवानपुर, २२ मंसिर । मकवानपुरको क्षेत्र नम्बर १ मा २ हजार ७ सय १६ मतगणना भएको छ । हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले दिएको जानकारी अनुसार अहिले क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा नेपाली काँग्रेसका उम्मेदवार अशोक शाक्यले मतान्तर बढाएका छन् । यसअघि २४ मतले अगाडि रहेका उनी अहिले ३७ मतले अगाडि भएका छन् । उनले वाम गठबन्धनका उम्मेदवार डोरमणि पौडेललाई पछाडि पारेका हुन् ।
शाक्यले १ हजार १ सय २९ मत प्राप्त गरेका छन् भने पौडेलले १ हजार ९२ मत प्राप्त गरेका छन् ।
अन्य मत विवरण यस्तो छ–
अशोक शाक्य (लोकतान्त्रिक गठबन्धन, नेपाली काँग्रेस)–११२९
डोरमणि पौडेल (वाम गठबन्धन, नेकपा एमाले)–१०९२
प्रतिभा डंगोल (विवेकशिल साझा)–७१
नयाँ शक्ति पार्टी–१२
संघिय समाजवादी फोरम–८
बदर मत–७७

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*