दुर्घटनामा मोरटसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १५:३५

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा आज (शुक्रबार) बिहान अन्दाजी २ बजेको समयमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त स्थानमा रोकिराखेको बा २ ख ७०४९ नम्वरको फोर्स गाडीमा प्रदेश नम्वरको ३–०२–२२ प २९१९ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ । प्रहरीका अनुसार, उनी चेकपोष्टमा बस्थे । रानाभाट दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा कलंकीस्थित सहिद अस्पतालमा मृत्यु भएको हो । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।