तेस्रो स्थानको लागि नेपाल ओमानसंग भिड्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार ०९:३४

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग भिड्दै छ । अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि भिड्ल लागेको हो ।

ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन । दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए । फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन । नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो ।