मकवानपुरका एक युवक पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन ११, बुधबार ०९:५१
सांकेतिक तस्बिर

मकवानपुर । प्रहरीले मकवानपुरगढी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गत फागुन ६ गते मकवानपुरगढी–२ गौरीभञ्ज्याङ ठुलो खोल्सीस्थित भएको सवारी दुर्घटनापश्चात फरार रहेका ट्याक्टर चालकलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, गत फागुन ६ गते अन्टेष्ट ट्याक्टरको अगाडि सिटमा सवार सुशिल विश्वकर्माको शिखरकटेरीतर्फ आउँने क्रममा अचानक उक्त ट्याक्टरबाट खसरे ट्याक्टरको टायरले किचेर गम्भिर घाईते भई उपचार गर्ने क्रममा मृत्यु भएको थियो । उक्त घटनापश्चत फरार रहेका ट्याक्टर चालक मकवानपुरगढी–२ बस्ने २१ वर्षीय भक्त भन्ने विशाल गोलेलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।