मकवानपुरमा थपिए ५ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १६:१९
filr-photo

मकवानपुर । मकवानपुरमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १७ हजार ९२१ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।