नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १७:३०
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ’, खतिवडाले भने । उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए ।