ट्रकले च्यापिएर प्रहरीको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार ११:५६
सांकेतिक तस्वीर

बाँके । बाँकेको कोहलपुर चौराहमा एकजना प्रहरी जवानको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बीसी रहेकी छन् ।

शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासी पल्टिंदा बीसी च्यापिएर घाइते भएकी थिइन् । उनलाई उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा गएराति सवा १० बजे बीसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।