मकवानपुरमा थपिए ४ कोरोना संक्रमित, भए ६ संक्रमणमुक्त
मकवानपुर । मकवानपुरका थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएके स्वास्थ्य कार्यालय मकवानपरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २० जनाको पीसीआर परीक्षण गर्दा २ जनामा र १२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३ जना र थाहानगरपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १७ हजार ९१५ जना पुगेको छ ।
यस्तै, सो अवधिमा जिल्लाभर ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ६ जना आज संक्रमणमुक्त भएका हुन् । यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १७ हजार ७६१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
