हेटौंडा–१५ का ५५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । हेटौंडा भेट्रान्स क्लबले एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
क्लबले कक्षा १ देखि ५ सम्म अध्ययनरत ५५ जना विद्यार्थीलाई कपडा वितरण गरेको हो । कपडा वितरण कार्यक्रम क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षता तथा वडा नम्वर १५ का वडाध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यमा भएको हो ।
यस्तै, हेटौंडा–१ स्थित ग्लोबल सर्जिकल सप्लायर्सका संचालक राजन सञ्जेलले उक्त विद्यालयलाई १० हजार रुपैयाँ बराबरको सेनिटाइजर र मास्कसमेत सहयोग गरेको थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी पूर्वअध्यक्ष मीना लामा, प्रधानाध्यापक दीपकलाल खतिवडा, क्लबका कोषाध्यक्ष रमेश उप्रेतीको पनि उपस्थिति रहेको थियो ।
