मकवानपुरमा सवारी दुर्घटना, दुई घाइते
२०७८ फाल्गुन ७, शनिबार १७:५५
मकवानपुर । मकवानपुरको इन्द्रसरावरमा आज (शनिबार) सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । काठमाडौंबाठ हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ५२४५ नम्वरको बोलेरो गाडी इन्द्रसरोवर गाउँपालिका–२ स्थित कलंकीमा दुर्घटना हुँदा स्थानी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेमा स्थानीय १७ वर्षीया सुस्मिता दोङ र २२ वर्षीय सुमी दोङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, घाइते दुबै जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ । घाइते दुबैको टाउकोमा गहिरो चोट रहेको छ प्रहरीले बोलेर चालकलाई नियन्त्रणमा लिइ घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
