लोकतान्त्रिक समाजवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा प्रवेश
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा प्रवेश गरेकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उपाध्यक्षमा निर्वाचित भएका उनी शनिबार एमालेमा प्रवेश गरी हुन् ।
उनी पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् । उपाध्यक्ष दासको अगुवाईमा तीन सय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पूर्वमन्त्री समेत रहेकी एमाले पोलिटब्युरो सदस्य जुली महतो र पिपरा गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरीले टिका लगाए स्वागत गरेका थिए ।
