एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । आज (शनिबार) नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्ने भएको हो । सो बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुनेछ ।
सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् । सो पार्टीका महासचिव डा.वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।
