माओवादी केन्द्रको बैठक पुनः स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुनः स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको माओवादी केन्द्रीय कमिटीको बैठक फागुन २० गतेसम्मका लागि स्थगित भएको हो ।
विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
