सचेत नागरिक समूहद्वारा पुनर्स्थापना केन्द्रलाई सहयोग

तु खबर संवाददाता
२०७८ फाल्गुन ६, शुक्रबार ०८:५८

मकवानपुर । लागूऔषध दुर्व्यसनहरुको पुनर्स्थापना कार्य गर्दै आएको हेटौंडा–११ स्थित विज्डम ट्रिटमेन्ट एण्ड रिह्याविलिटेसन सेन्टरलाई वाटर डिस्पेन्सर सहयोग गरिएको छ । सचेत नागरिक युवा समूह मकवानपुरका पदाधिकारीले बिहीबार पुनर्स्थापना केन्द्रमा पुगेर वाटर डिस्पेन्सर सहयोग गरेको हो ।

विद्युत जडित डिस्पेन्सरको उपलब्धताले पुनर्स्थापना केन्द्रले तातो–चिसो पानी पिउन सहज हुनेछ । उक्त सहयोग सामग्री समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले एक कार्यक्रमबीच पुनर्स्थापना केन्द्रका प्रबन्धक राजु मुस्कानलाई हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा सचेत नागरिक युवा समूह मकवानपुरका सल्लाहकार गणेश श्रेष्ठ, अनल श्रेष्ठ, उपाध्यक्ष शर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।