धरानको जंगलमा झोलाभित्र भेटियो मृत शरीर
काठमाडौँ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्वर ४ स्थित जंगलमा भोलाभित्र मानिसको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार मानिसको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा आज शरीर पनि फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए । झोलामा मानिसको शरीरको केही भाग देखिएपछि जाँचका लागि फरेन्सिक टोली खटाइएको बताए । धरान उपमहानगरपालिका–४ मा पर्ने धरान भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको टाउको पुरुषको भएको प्रहरीले जनाएको छ ।
