स्थानीय निर्वाचन : आजदेखि दल दर्ता खुल्ला

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार ०८:४२

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाच्नका लागि आजदेखि दल दर्ता खुल्ला गरिएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरी बैशाख ३० गते हुने उक्त निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता खुल्ला गरेको जानकारी गराएको हो ।

आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।