बागमती प्रदेश: सभामुख श्रेष्ठले बोलाए सर्वदलीय बैठक

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १८:३२

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले भोलि दिउँसो १ बजेको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । लामो समयदेखि अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यका साथ बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

त्यस्तै सरकारले संसद्मा दर्ता गराएको विभिन्न विधेयकको विषयमा छलफल र आगामी आर्थिक बर्षको लागि निर्माण गरिने बजेटको सन्दर्भमा पनि भोलिको बैठकमा छलफल हुने बुझिएको छ । बागमती प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना कटौती गरेको र मन्त्रालय विभाजन गरेको भन्दै त्यसको औचित्य पुष्टि गर्नुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध पार्दै आएको छ । एमालेले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ दिएपछि मात्रै संसद् सुचारु गर्न दिने अडान लिएको छ ।