बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १६:२३

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मुटुको शल्यक्रिया गर्न उनी मंगलबार शहिद गंगालाल ह्रृदय रोग प्रतिष्ठान बाँसबारीमा भर्ना भएका हुन् । उनको भोलि मुटुको शल्यक्रिया हुने प्रेस संयोजक शिव चौँलागाईले जानकारी दिए ।

प्रदेश प्रमुख शर्माको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो । मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेस मेकरको सहायता लिँदै आएका छन् । शल्यक्रिया पछि पनि शर्माले केही दिन आराम गर्नुपर्ने अस्पतालले जनाएको छ ।