साहित्यकार ताना शर्माको निधन
काठमाडौं । साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो । मुटु रोग, रक्तचापलगायत समस्याबाट पीडित शर्माको ८७ वर्षको उमेरमा निधन भएको हो ।
मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ । शर्माले २०२६ सालमा मदन पुरस्कार पाएका थिए । ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो । शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए । शर्माका समालोचना, उपन्यास, निबन्ध, नियात्रा, साहित्यिक इतिहास लगायतका कृतिहरू प्रकाशित छन् । शर्माले अंग्रजी भाषामा पनि कलम चलाएका छन् ।
