रेडियो थाहाको आयोजनामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार १७:५७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रेडियो थाहा सन्चार ९९ दशमलव ६ मेगाहर्जले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित उक्त रेडियोले आफ्नो १४ औं वार्षिकोत्सको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तरगत सोमबार हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडाको सहकार्यमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म संचालन भएको सो कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको लागि आइएमई लाइफ इन्स्योरेन्स हेटौंडाका योग्यराज सापकोटा, सन्चो हस्पिटल प्रालिका उदय बिडारी र ऋद्धि सिद्धी सिमेन्ट प्रालिले सहयोग गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तरगत भोलि तेस्रो दिन रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्ते, चौथो दिन दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया, पाँचौ दिन ‘सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को’ भन्ने विषयमा मावि स्तरीय वक्तृत्वकला कार्यक्रम, छैठौं दिन कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने स्टेशन म्यानेर मणिराज गौतमले जानकारी दिए ।

यसैगरी, सातौं अर्थात अन्तिम दिन थाहा सम्मान तथा वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने स्टेशन म्यानेर गौतमले जानकारी दिए । रेडियोले यसअघि आइतबार पहिलो दिन पर्यावरण प्रर्वद्धनको लागि साइकल र्यालीको आयोजना गरेको थियो । हेटौंडा–४ अजरअमर रोडस्थित रेडियो परिसरबाट सुरु भएको साइकल र्याली मकवानपुरगढी–२ शिखरकटेरीमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।