प्रधान सेनापति शर्मा र यूइईका राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाबीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भेटवार्ता भएको हो ।
भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको र यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
