स्थानीय निर्वाचन : बैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने
काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका व्यक्तले मतदान गर्न पाउने भएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको अघिल्लो दिन अर्थात बैशान २९ गतेसम्म १८ वर्ष पूरा भएकोहरुले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेकाले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाहरुले पनि भोट हाल्न पाउने जानकारी दिए । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि दल दर्ता सुरु गर्दैछ । यसअघि दर्ता भइसकेका दलहरुले पनि दर्ताका लागि निवेदन दिनुपर्ने आयोगले जनाएको छ । दल दर्ताको लागि १५ फागुनसम्मको समय दिने आयोगको तयारी छ ।
