अनेरास्ववियु भीमफेदीको प्रथम पालिका सम्मेलन फागुन १३ मा हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन १, आईतवार १५:१४

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भीमफेदी गाउँपालिका कमिटीको प्रथम पालिका सम्मेलन फागुन १३ गते हुने भएको छ । अनेरास्ववियु भीमफेदी गाउँपालिका कमिटीको शनिबार बसेको बैठकले उक्त निर्णय गरेका अनेरास्ववियु भीमफेदीका संयोजक राजिब परियारले जानकारी दिए ।

अनेरास्ववियु भीमफेदी संयोजक परियारको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय कमिटीको सदस्य तथा मकवानपुर जिल्ला सह–इन्चार्ज आशिष अस्लामीको प्रमुख आतिथ्यमा भएको बैठकमा अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष विशाल पौडेल, उपाध्यक्ष भुवन मैनाली, नेकपा एमाले भीमफेदीका उपाध्यक्ष शिबराज पुडासैनी, अनेरास्ववियु मकवानपुर जिल्ला कोषाध्यक्ष सुदन बिश्वकर्मालगायतको आतिथ्यता रहेको थियो ।