कमल थापालाई पुनः पार्टीमा र्फकन आग्रह

तु खबर संवाददाता
२०७८ माघ २७, बिहीबार १६:०१
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष पशुपति शमशेर जबराले कमल थापालाई पुनः राप्रपामा फर्कन आग्रह गरेका छन् । बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व अध्यक्ष जबराले थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताउँदै पुनः पार्टी फर्कन आग्रह गरेका हुन् ।

पूर्वअध्यक्ष राणाले अर्का पूर्व अध्यक्ष थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि अस्वीकार गरेको गुनासो गरे । उनले भने, ‘सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो ।’