आज नेप्से परिसूचक ११ अंकले घट्यो
काठमाडौं । आज साताको चौथौ दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घट्दा २ हजार ८०१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबारको तुलनामा बिहिबार कारोबार रकम झिनो अंकले सुधार आएको हो । बुधबार ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँको शेयर कारोबार भएको थियो । आज टेडिङ, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक रातम्मे भएको छ । आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड माथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाईड्रोपावर, आइएमई जनरल , अरुण भ्याली, नेपाल लाइफ, अपी पावर, एचआईडिसियल, अपर तामाकोशी, निफ्रा र शिव्म सिमेन्ट्को सर्वाधिक कारोबार भएको छ ।



