६ दिनदेखि बेपत्ता भएका युवक मृत फेला

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार १७:५४
सांकेतिक तस्वीर

काठमाडौं । ६ दिनदेखि बेपत्ता भएका काठमाडौं गोकर्णेश्वरका एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षीय शिशिर भण्डारी बुधबार मृत अवस्थामा फेला परेका हुन् । भण्डारी गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

भण्डारी गत माघ २० गतेदेखि बेपत्ता भएको भनि महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । खोजतलासको गर्दा बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।