एमाले चितवनको अध्यक्षमा न्यौपाने

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार १०:२२
file-photo

चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । एमाले चितवनको १० औं अधिवेशन उद्घटन भएको एक महिनापछि अध्यक्षमा न्यौपाने चयन भएका हुन् । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । अध्यक्षमा न्यौपाने चयन भएपनि औपचारिक घोषणा भने हुन बाँकी रहेको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार, कोरोनाको संक्रमण भएका जिल्ला नेता कार्यकर्ता संक्रमणमुक्त र जिल्ला इन्चार्ज देवी ज्ञवालीको पिताको मृत्युपछिको क्रियाक्रम सकिएपछि बुधबार जिल्ला नेतृत्व चयन गरेको हो । यसैगरी, जिल्ला उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् । आज नै १३२ सदस्यीय जिल्ला कमिटी घोषणा हुँदैछ । जिल्ला कमिटीको आज दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।