विकेशलालद्वारा सातकन्याका ७० विद्यार्थीलाई न्यानो कपडा सहयोग

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार १७:५३

थाहा नापा–१२ स्थित बिकट गाउँ जगडाँडाको सातकन्या प्राविका कक्षा शिशुदेखि ५ सम्म अध्ययनरत् ७० विद्यार्थीलाई नेपाली कांग्रेस जिल्ला कार्यासमिति सदस्य सुनमाया भोम्जनको व्यक्तिगत् प्रयासमा सहयोग गरिएको छ ।

हेटौंडास्थित विभियाना फाउन्डेसन तथा उक्त फाउन्डेसन संरक्षक नेपाली कांग्रेस वाग्मतीको प्रदेश प्रतिनिधि विकेशलाल श्रेष्ठको आर्थिक सहयोगमा प्राप्त न्यानो कपडा वितरण गरिएको हो । उक्त कार्यमा सहयोग गर्ने सहयोगीदाता श्रेष्ठलाई कार्यक्रममा विशेष धन्यवाद दिइएको थियो ।

उक्त समारोहमा समाजसेवी तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सुनमाया भोम्जन, कर्णबहादुर स्यांतान, मीनाकुमारी स्यांतान, शिक्षक वोधराज अर्याल, पद्मा थापा, यममाया राना, विद्यालय व्यवस्थापन समितिका लीला बहादुर आले, कुमारी घलानलगायत का पदाधिकारी, अविभावकलगायत समाजका अन्य व्यक्तिबीच न्यानो कपडा बितरण गरिएको हो ।