नयाँ दल खोल्ने तयारीस्वरुप हेटौंडा आए कमल थापा

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार १३:३४
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापा नयाँ दल खोल्ने तयारीस्वरुप गृह जिल्ला मकवानपुर आएका छन् । राप्रपा स्रोतका अनुसार थापाले गृह जिल्लाबाटै नयाँ दल घोषणा गर्न आवश्यक तयारी सम्पन्न गरिसकेका छन् ।

राप्रपा महाधिवेशनबाट थापा केन्द्रीय अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसंग झिनो मतान्तरले पराजित भएका थिए । निर्वाचनमा हार व्यहोरेसंगै थापाले पूर्व राजा ज्ञानेन्द्र र निर्वाचित अध्यक्ष लिङ्देनमाथि सामाजिक रुपमा नै टिक्काटिप्पणी गर्दै आइरहेका छन् । महाधिवेशनमा पराजित भएपछि थापा नयाँ दल खोल्ने तयारीमा लागेको स्रोत बताउँछ ।

नयाँ दल खोल्ने तयारी गरेका थापालाई गृह जिल्लामा नै झड्का लागेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपाबाट बकैया गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेकी लक्ष्मी जिम्बासहित ६० जना राप्रपाका नेता तथा कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।