हेटौंडामा सवारी दुर्घटना, चाइनाक्वाटर निवासी घिमिरेको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा– चाइनाक्वाटरका ४० बर्षीय अर्जुनप्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले तु खबरलाई जानकारी दिएका छन् ।
उनका अनुसार सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्वरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंँडा अस्पतालमा ल्याइएको थियो । घिमिरेको उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । ठक्कर दिने बसको चालक फरार रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
