पशुपतिनाथका अनुशासित विद्यार्थी पुरस्कृत

तु खबर संवाददाता
२०७८ माघ २३, आईतवार १७:०२

मकवानपुर । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले सरस्वती पूजाको अवसर पारेर अनुशासित विद्यार्थी पुरस्कृत गरेको छ । कक्षा ८ मा अध्ययनरत शोभित बस्नेत र कक्षा ९ मा अध्ययनरत सुस्मिता जिम्बालाई नगदसहित प्रशंशापत्र प्रदान गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी–४ का वडाअध्यक्ष धु्रब खड्काले विद्यार्थीलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका थिए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्य सबैभन्दा अनुशाशित, जेहेन्दार छात्रछात्रालाई बिगत एक दसकदेखि यो सम्मान प्रदान गरिंदै आएको छ ।

पशुपतिनाथ माविका सेवानिबृत्त शिक्षक चेतप्रसाद पौडेलले आफ्नो मातापिता जशोदादेबी र लालप्रसादको स्मृतिमा ५० हजार राशीको अक्षयकोष स्थापना गरेका छन् । सोही कोषको ब्याजबाट हरेक बर्ष एक जना छात्र र एक जना छात्रालाई नगद २५०० तथा प्रशंशापत्र प्रदान गर्ने ब्यवस्था मिलाईएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए । सो विद्यालयमा ३८ बर्ष सेवा गरी हाल सेवानिबृत्त शिक्षक कबिराज तिवारीले पनि आफ्नो मातापिताको स्मृतिमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने बताएका छन् ।