मकवानपुरमा हिउँ खेल्ने क्रममा ज्यान गुमाएका युवकको सनाखत
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ तीनपानेमा हिउँ खेल्ने क्रममा शनिवार ज्यान गुमाएका युवकको सनाखत भएको छ । मृत्यु हुनेमा ललितपुर जिल्ला निवासी ३४ बर्षीय प्रज्ज्वल पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार मृतक पोखरेल आफ्ना साथीहरुसंग हिउँ खेल्न शुक्रबार मकवानपुर आएका थिए । उनको अत्याधिक चिसो (हाइपोथरमिया) का कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको प्रहरी निरिक्षक दासले बताए । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको उनले बताए । घटनास्थलमा मृतकका आफन्तहरु पनि आइपुगेको प्रहरीले जनाएको छ ।
