मकवानपुरमा हिउँ खेल्ने क्रममा एक युवकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार १८:४९
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ तीनपानेमा हिउँ खेल्ने क्रममा शनिवार एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् । उनका अनुसार प्रहरी टोली घटनास्थल तर्फ गइरहेको छ ।

मृतकको विवरण खुलिनसकेको उनले बताए । ‘हाम्रो टोली घटनास्थलतर्फ गइरहेको छ । केही समयमा घटनाबारे थाहा हुनेछ ।’उनले भने । युवकको अत्याधिक चिसो (हाइपोथरमिया) का कारण मृत्यु भएको हुनसक्ने  आशंका गरिएको प्रहरी निरिक्षक दासले बताए । घटनाबारे केही बेरमा नै सबै विवरण सार्वजनिक गरिने उनको भनाई छ ।