जिल्ला अदालत मकवानपुरको सबै सेवा भोलिदेखि सुचारु हुने

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार ०९:४४

मकवानपुर । मकवानपुर जिल्ला अदालतले आगामी आइतबारदेखि सबै सेवा सुचारु गर्ने भएको छ । अदालतले शुक्रबार एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै स्थगित भएको सबै सेवा भोलिदेखि संचालनमा आउने भएको हो । अदालतले कोरोना भाइरस संक्रमणको दर घट्दै गएसँगै सबै सेवा सुचारु गर्ने जनाएको छ ।