मकवानपुरमा थप १९ जनामा कोरोना पुष्टि, ८१ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा १५ जना र ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या २५६ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेश र संस्थागत आइसोलेशनमा बसेका ८१ जना आज संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सो अवधिमा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
