चट्याङले लियो खत्रीको ज्यान

तु खबर संवाददाता
२०७८ माघ २१, शुक्रबार १०:०७
file-photo

सुर्खेत । सुर्खेतमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको ज्यान गएको हो ।

गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भएको थिएन् । घाइते उनलाई उपारको लागि मेहलकुना अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।